Logo

यी चर्चित अभिनेत्रीले किन खोलिन् बीच सडक मै कपडा



एजेन्सी । दक्षिण भारतीय (साउथ इण्डियन) चलचित्रकी नायिका श्री रेड्डीले चलचित्र क्षेत्रमा हुने यौन शोषणको बिरोधमा अर्धनग्न प्रदर्शन गरेकी छिन् । चलचित्र जगतमा भइरहेको कास्टिङ काउच (एक किसिमको यौन शोषण)को बिरोधमा यी अभिनेत्रीले बीचसडक मै आफ्नो बस्त्र उतारेर बिरोध जनाएकी हुन् । रेड्डीलाई अर्धनग्न प्रदर्शन गरेको आरोपमा तामिलनाडु प्रहरीेले हिरासतमा लिएको छ ।

चलचित्र क्षेत्रमो भइरहेको यौन शोषणको केही समय यता खबरहरु आइरहेका छन् । रेड्डीले चलचित्र क्षेत्रमा हुने गरेको यस्ता कास्टिङ काउचका् बिरुद्धमा आवाज उठाउँदै आएकी छिन् । समाचारमा जनाइए अनुसार रेड्डीले शनिबार बिहान हैदरावादस्थित फिल्म चेम्बर अफिसको बाहिर बीच सडकमा कपडा खोलेर अर्धनग्न भएर बसेकी थिइन् ।

श्री रेड्डीले फिल्म चेम्बरले कास्टिङ काउचबिरुद्धको मुद्धामा मौन बसेको आरोप लागाएकी छिन् । चलचित्र क्षेत्रमा हुने गरेकोे यौन शोेषणबिरुद्धको मुद्धमा कुनै कदम नचालिएको भन्दै उनले बिरोध जनाएकी हुन् । अर्धनग्न प्रदर्शन गरिरहेकी उनलाई प्रहरीले बलपूर्वक हटाएको बिभिन्न भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रेड्डीले केहीदिन पहिले सामाजिक सञ्जालमा दक्षिण भारतीय चलचित्र क्षेत्रका डाइरेक्टर्स तथा एक्टर्सलाई कास्टिङ काउचढ (यौन शोषण)को आरोप लगाएकी थिइन् । उनले बलिउडका चर्चित निर्माता निर्देशकले समेत चलचित्रमा काम दिएबापत त्यसको बदलामा यौन शोषण गर्ने गरेको आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्