Logo

नेता उपाध्यायको कतारमा भब्य स्वागत :पार्टी भित्रको गुटको अन्त्य गर्न माग



दोहा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायले बिदेशमा बसेर नेपालमा लोकतन्त्रको स्थायित्व र संस्थागत विकासका लागी नेपाली युवा पुर्याएको योगदान उल्लेख्नीय रहेको दावी गर्नुभयो ।
नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता उपाध्यायले प्रवासमा रहेर नेपालको अर्थतन्त्रमा मुल आधार बनेको रेमिटेन्समा कतारमा रहेको नेपालीको योगदान प्रशंशा योग्य रहेको बताउनुभयो । उहाँले गल्फ मुलुकमा जेठो अर्थात पहिलो जनसम्पर्क समिति कतारको संगठन र ब्यस्थित देखेर प्रशंशा गर्दै भन्नुभयो मलाई कतार जन सम्पर्क समितिको धेरै प्रशंशा सुनेको थिए आज हजुरशरुसंग भेटेर अति खुशी भए । उहाँले काँग्रेसले तिन तहको निर्वाचन सम्पन्न संबिधान कार्वान्वयन हुनेगरी देशलाई आर्थिक समृद्धि तर्फ बढाएको जानकारी दिनुभयो । काँग्रेस नेपालमै रोजगार व्यवासयको ढोका खोलिनु पर्छ भन्ने बिश्वास गर्ने पार्टी भएको दावी गर्दै उहाँले अव नेपाल मै रोजगारी अवसर सृजना हुने बताउनुभयो ।

समितिका कावा सभापति शंकर न्यौपानेले नेता उपाध्यायको स्वागत गर्दै पछिल्लो निर्वाचनमा काँग्रेसले भोगेको पराजय पिडाले काग्रेसलाई मात्रै नभै लोकतन्त्रवादी सबैलाई दुखित तुल्याएको छ भन्नुभयो । उहाँले यति बेला काग्रेसले आन्तरिक बिवादमा नफसेर लोकतन्त्रवादी बिच बृहत एकता कायम गरेर अगाडी बढन आग्रह गर्नुभयो । कांग्रेस महासमिति सदस्य नरेन्द्र भाटले कतारमा जनसम्पर्क समितिको स्थापना गर्दाको दिनहरु सम्झदै सस्थाले सक्रिय रहेर निरन्तर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा नेपालबाट आउनु भएका कांग्रेस महासमिति सदस्य दिनेश  उपाध्याय ,कतारका काग्रेसका नेताहरु भूपति भट्टराइ र अर्जुन चापागाई क्रान्ति सिंह, धिरज चामलिंग राई,मोहम्मद शाकिर अलि, राज रेग्मी लगायतले नेता उपाध्यायलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने महामन्त्री मोहम्मद अजिज अलिले गर्नुभएके थियो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts