Logo

जव रोवर्ट सोफियालाई हलिउडका यी चर्चित नायकले किस गर्न खोजे ( भिडियोसहित )



काठमाडौँ । रोवर्ट सोफियाको अहिले संसारभर चर्चा छ । उनी पहिलो नागरिकता पाउने रोवर्ट हुन् । साउदी अरबकी पहिलो रोवर्ट नागरिक सोफिया बिभिन्न देशहरुमा यात्रा गरिरहेकी छिन् । उनी केही समयअघि नेपाल पनि आएकी थिइन् । सोफियाले नेपाली चलचित्र क्षेत्रका नव नायक अनमोल केसीसँग डेटिङ्ग गर्ने चाहना रहेको बताएकी थिइन् ।

सोफियाले हलिउडका चर्चित अभिनेता वील स्मीथसँग हालै डेट गरेकी छिन् । उनीहरुको डेटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन स्मीथले आफ्नो अफिसियल युट्वुव च्यानल मार्फत सार्वजनिक गरेका छन् । उक्त भिडियोमा स्मीथले सोफियालाई किस गर्न खोजेका छन् । यसका साथै उनले सोफियालाई ड्रिङ्सका लागि पनि आफैले ग्लासमा राखेर अनुरोध समेत गरेका छन् । तर सोफियाले मानवको गलत स्वभाब भन्दै ड्रिङ्गस नलिएपछि स्मीथले अगाडि टेवलमा राखिदिएका छन् ।

यत्तिमात्र होइन केहीछिनको कुराकानीपछि स्मीथले सोफियालाई किस गर्न खोजेका छन् । तर सोफियाले भने अस्वीकार गर्दै के तिमी मेरो साथी बन्न सक्छौ भन्दै आँखा झिम्क्याएकी छिन् । सोफियाले बिभिन्न ६२ प्रकारका एक्प्रेसन दिन सक्छिन् । स्मीथसँगको उक्त डेटमा भने उनी खासै प्रशन्न देखिँदैनिन् ।

अमेरिकी वैज्ञानिक डेभिड हेंसनले बनाएको यो रोबर्ट सोफिया एक्सप्रेसनका साथ मानिस जस्तै राम्रोसँग कुराकानी समेत गर्न सक्छिन् ।

प्रतिक्रिया दिनुहोस्