Logo

मोनाको पोर्तुगलको अलेन्तेजो क्षेत्रमा पनि समिति गठन



पोर्तुगल । प्रबास मा रहेका म्याग्देली हरु को समूह म्याग्दी प्रवासी नेपाली संघ मोना ले युरोपेली मुलुक पोर्तुगल को अलेन्तेजो क्षेत्रमा क्षेत्रिय समिति गठन गरेको छ। बिशेष गरि म्याग्दी जिल्ला बाट प्रतिनिधित्व गरि बिभिन्न देशलाइ कर्मभुमि बनाई बसेका म्याग्देली हरु को साझा संगठन मोनाले प्रोचुर्गलको अलेन्तेजो क्षेत्रमा एनआरएनका सदस्य वकिल केसीको संक्रियतामा क्षेत्रिय समिति गठन गरेको हो ।

आइतबार बेजा जिल्ला को जम्बुजेरा मा भएको भेला ले २३ सदस्यीय क्षेत्रिय समिति गठन गरेको हो ! भेला ले संयोजकमा गणेश बानियाँ,उपसंयोजकमा क्रमश मणिरत्न पौडेल ,रत्न बरुवाल,बिष्णु क्षेत्री,शंकर क्षेत्री,मिनकुमारी पुन,सचिब मा धनुस छन्त्याल सहसचिब मा मिन बहादुर गर्वुजा,कोषाध्यक्ष कमल खड्का,कृष्णा चोखाल र सहकोषाध्यक्षमा प्रकाश थापा मगर लाई चुनेको छ यसै गरि सदस्य हरुमा राम बहादुर पाईजा,यालाल पौडेल,दिप शाही राजु शिपाली,लाल प्रसाद पाईजा,कुल प्रसाद गर्वुजा,समिक्षा पुर्जा मगर,पुषोत्तम थापा,हिमाल शर्मा, केसन पौडेल, बिष्णु राम्जाली, राजु रोका चुनिएका छन्
भेला लाइ मोना का सदस्य डम्मर केसीको अध्यक्षता गरेका थिए भने एन आर एन पोर्तुगल का प्रथम उपाध्यक्ष तिलक गैह्र , मोना अन्तराष्ट्रिय समितिका सदस्य राजन थापा,मोना पोर्तुगल का अध्यक्ष कुमार राम्जाली,जनसम्पर्क समिति अलेंतेजो का बिपिन पौडेल को बिसेष आतिथ्य सहित उपस्थिति रहेको थियो!

अलेन्तेजो क्षेत्रमा उल्लेखनिय मात्रा मा म्याग्देली हरु को बसोबास रहेको हुनाले येहा गठन गरिएको कार्यसमिति ले समग्र रुप मा देश को अनि म्याग्दी को स्वास्थ्य, शिक्षा,सामाजिक बिकास,बिकास निर्माणको कार्यहरुमा योगदान गर्न बिसेष योजना हरु अघि बढाईने कार्यक्रम का आयोजक वोकिल केसी ले बताए ,कार्यक्रममा एन आर एन पोर्तुगल का प्रथम उपाध्यक्ष तिलक गैह्र एनआरएन प्रोचुर्गलका सल्लाहकार सुर्जे भटचन,सदस्य वकिल केसी,मोना आइसिसीका युरोप संयोजक लक्ष्मन गर्वुजा लगायतले मन्तब्य राखेका थिए

प्रतिक्रिया दिनुहोस्