Logo

’कांग्रेसको आकस्मिक बैठकः पाँच दिनसम्म देशभरका कार्यालय बन्द



काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेता खुमबहादुर खड्काको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ ।

पार्टीको आइतबार बसेको केन्द्रिय कार्य समितिको आकस्मिक बैठकले नेता खड्काको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनासमेत व्यक्त गरेको हो । पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले नेता खड्काको निधनको शोकमा पाँच दिनसम्म पार्टीको केन्द्रिय कार्यालयलगायत देशभरका सबै कार्यालयहरु बन्द गर्ने निर्णय पनि गरेको छ ।

पार्टीका प्रभावशाली नेता खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्दै ५ दिनसम्म देशभरका सबै पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिनु भयो । बैठकले नेता खड्काको निधनको शोकमा ७ दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र १३ दिनसम्म पार्टीको कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय पनि गरेको छ ।

गत शुक्रबार निधन हुनु भएको खड्काको १३ औं दिनमा भने केन्द्र र सबै जिल्लामा शोक सभा आयोजना गर्ने काँग्रेसले जनाएको छ । स्वर्गीय खड्का मिर्गौला, फोक्सो र नसासम्बन्धि समस्याबाट पीडित हुनुहुन्थ्यो । पूर्वमन्त्री खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्र्र्दै नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्य समिति बैठक समेत अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्