Logo

विश्व नेपाली साहित्य सम्मेलन बेलायतमा साउनमा हुने



काठमाडौं : विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ ।

सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासंघका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिए । बैठकले यस वर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व नेपाली साहित्य महासंघ, दक्षिण बेलायत शाखालाई घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्