देशभर बनिरहेका साना-ठुला सबै आयोजनाकाे अवस्था बेहाल छ : गगन थापा

देशभर बनिरहेका साना-ठुला सबै आयोजनाकाे अवस्था बेहाल छ : गगन थापा


काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद गगन थापाले देशभर बनिरहेका प्रायः सबै आयोजना बेहाल अवस्थामा रहेको बताएका छन्।

बुधबारकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले सधैँ कुनै न कुनै बाधा उत्पन्न भइरहने हुँदा मुलुकमा सञ्चालित ठुलादेखि साना सबै आयोजनाकाे अवस्था बेहाल रहेको बताएका हुन् ।

उनले कुनैपनि दल सरकारमा रहेको बेला समयमा आयोजना सम्पन्न गर्न नसक्नुमा सबै असफल भएकाे बताए।

थापाले देशमा आयोजनाका जिम्मा लिएका ठेकेदारहरूले राम्रो काम गर्न नसक्ने तर त्यही ठेकेदारले विदेशमा राम्रो काम गरिरहेको भन्दै त्यसकाे कारण खाेज्नुपर्ने बताए ।