३ दिन पछि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

३ दिन पछि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बुधबार सुनको भाउ बढेको छ ।

मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।