खाना अड्किएर आइतरामको मृत्यु

खाना अड्किएर आइतरामको मृत्यु


चितवन।

चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् ।

कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए ।

उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।