Logo

संगित यात्रामा गति बढाउँदै पत्रकार देवेन्द्र



दाङ्ग । सुगम संगितबाट संगितयात्राको सुरुवात । ‘मर्नलाई बाँच्यौँ तिमी’ बोलको आधुनिक गीत २०७० मा उनको आवाजमा आउँदा सहजै लख काटियो ‘उनि आधुनिक गायक।’ तथापी संगितको एकै धारमा उनि अडिएनन् । संगितको फरक फरक धारलाई पछ्याउँदै गायकी प्रस्तुत गरिरहेका देवेन्द्र बस्नेत आँफूले पछ्याएका धारमा फीट खाए पनि । आधुनिक गायन पछि ‘कान्छीको जवानीले, ‘दिलवाली’ जस्ता पप प्याटर्नका गीतहरु बजारमा ल्याएका देवेन्द्र यिनै गीतबाटै स्टेज तताईरहेका छन् । दैलेख,सुर्खेत सम्मको उनको स्टेज संगितयात्राका कारण यिनै पप प्याटर्नका गीतहरु हुन् । आधुनिक तथा पप प्याटर्नका गीतहरुमा आवाज दिएका देवेन्द्र अहिले अर्को फरक धारको संगीतीक ‘पाहुर’ लिएर संगित बजारमा प्रस्तुत भएका छन् । लोकदोहोरी गीतको रिमेक सहित बजारमा आएका देवेन्द्र यो गीतमा झनै फीट मानिएका छन् । उनको र माण्डवी त्रिपाठीको युगल स्वरमा आएको ‘चिल बस्यो टुपैमा,’ रिमेक लोकभाका चर्चाको गतिलो मसला बनिदिएको छ । यो गीतलाई प्राप्त प्रतिकृयाले हौसिएका देवेन्द्र भन्छन् ‘यो गीतले झनै उत्साह थपिदिएको छ, धेरै स्रोताहरुबाट राम्रो रेस्पोन्स भैरहेको छ ।’

त्यासोत, यो गीतबाट आँफू चर्चित हुने ख्वाब मात्रै देखेका छैनन् उनले । चिनो थमाईदिएर परलोक भएका बाबुको संगित मोहलाई फेरी उजागर पारिदिएका छन् देवेन्द्रले । भन्छन् ‘बुवाको संगित सिर्जनालाई पुनरजिवित बनाउनु म छोराको दायित्व थियो नै,त्यहि दायित्व पुरा गर्न सकेकोमा मलाई औधि खुशी बनाएको छ ।’ यो गीत देवेन्द्रका बुवा कृष्ण बस्नेतले ०६० अघि गाएका थिए । गायिका गीता देवीसंग गाईएको यो दोहोरी भाका कुनै बेला विवाह पुजाहरुमा निकै गाईन्थ्यो । यो गीतलाई गीती एल्बम र भिडियो सहित बजारमा ल्याउने प्रयासमै थिए कृष्ण । तर अफसोच उनको सपना पुरा भएन, सपनासंगै उनि आँफै अस्ताए । देवेन्द्रले दिवंगत बुवाको गीतलाई बजारमा ल्याउनुलाई आफ्नो कर्तव्य ठाने र बुवाको सपना पुरा गर्ने दृढ विश्वास सहित संकल्प गरेका थिए ‘चिल बस्यो टुपैमा फेरी उसैगरि गुन्जने छ ।’ नभन्दै उनले बाबुले छोडेर गएको नासो यो गीतलाई पुनः गुञ्जायमान बनाईदिएका छन् । गीत र गायकीको मात्रै हैन, देवेन्द्र अहिले यसर्थ पनि यो गीतका कारण नजरमा परेका छन् ‘उनले बाबुको सिर्जनालाई सम्मान गरेर बाबुलाई पुनः गीत मार्फत जीवीत तुल्याए ।’ ‘गीत र गायकीको रेस्पोन्स राम्रो आईरहेको छ,’उनले भने ‘यति मात्रै हैन, धेरैजनाले बाबुको नासोलाई पुनः जिवित बनाईदिएको भनेर दिईएको धन्यवादले मन प्रफुल्ल भएको छ ।’ यो गीतमा लय र शब्द कृष्णकै समावेश गरिएको छ भने गायकीमा देवेन्द्र र माण्डवी जमेका छन् । हाल अडियो मात्रै सार्वजनिक भएको यो गीतको भिडियो तत्कालै सार्वजनिक गर्ने तयारीमा देवेन्द्र छन् ।

एक दशक अघि देखि पत्रकारीतामा सकृय देवेन्द्र पत्रकारीता संगै संगितयात्रामा पनि उसैगरि जमेका छन् । मेला महोत्सवमा उनि व्यस्त बन्दै गएका छन् । उनि नागरिक दैनिक र रेडियो स्वर्गद्धारीमा कार्यरत छन् । ७ वटा गीत बजारमा ल्याएका देवेन्द्र अन्य दुईवटा गीतको तयारीमा समेत छन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts