Logo

पूर्वप्रधानन्यायधीश श्रेष्ठ र कार्कीको इसारामा सर्वोच्चमा विद्रोह

जोशी र राउतको संयुक्त इजलास जोशीको पूर्वनिर्धारित कार्यक्रमले बसेन



काठमाडौं । पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठ र सुशीला कार्की सर्वोच्च अदालतलाई तहसनहस पार्न लागि परेका छन् । प्रधानन्यायधीश गोपाल पराजुलीका विरुद्धमा सर्वोच्चका न्यायधीशहरुलाई विद्रोह गराउनका लागि दुई पूर्वप्रधानन्यायधीशहरु लागि परेको सर्वोच्च उच्च सोतको दाबि छ । दुई पूर्वप्रधानन्यायधीशलाई नेकपा एमालेको कोटाबाट न्यायधीश बनेको न्यायधीशरुको साथ रहेको बताइन्छ ।

मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुलीले तोकेको मुद्दा नहेर्न निर्णय गरेको न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, अनिलकुमार सिन्हा र विश्वभर श्रेष्ठ सवै कल्याण श्रेष्ठ र सुशील कार्की निकट न्यायधीशहरु हुन् । यी मध्ये कार्की एमाले अध्यक्ष केपी ओली पहिलो पटक प्रधानमन्त्री भएको बेलामा महान्यायधीवक्ता नियुक्त भएका थिए । उनी एमाले निकट कानुन व्यवसायीहरुको सर्मथनमा नेपाल बार एसोसियसनको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरि मल्ल एमालेको कोटाबाट संविधानसभा सदस्य भइसकेकी व्यक्ती हुन् । इश्वरी खतिवडापनि एमाले निकट मानिन्छन भने आनन्दमोहन भट्टराई, अनिकुमार सिन्हा, र विश्वभर श्रेष्ठ कल्याण श्रेष्ठ निकट न्यायधीश हुन् । सोमवार इजलास बहिष्कार गरेका चोलेन्द्रशम्सेर राणा सुशील कार्की निकट न्यायधीश हुन् । उनले सुशीला कार्कीलाई संसदले महाभियोग लगाउदा महाभियोग बदर गरेका थिए ।

पेशी तोकेका मध्ये न्यायाधीशहरु ओमप्रकाश मिश्र, डम्बरबहादुर शाही , दीपककुमार कार्की र टंकबहादुर मोक्तानस केदारप्रसाद चालिसे र शारदप्रसाद घिमिरेस मिरा खड्का, तेजबहादुर केसी र वमकुमार श्रेष्ठले भने मुद्दाको सुनुवाई थालेका छन् । अबको प्रधानन्यायधीशको रोलक्रममा रहेका दीपकराज जोशी मेलमिलाप परिषदको कार्यक्रममा सहभागि भएका कारण इजलासमा सहभागि भएनन् । त्यसैगरि अर्को न्यायधीश प्रकाशसिंह राउतले जोशीसंगको संयुक्त इजलास भएकाले उनीपनि इजलासमा सहभागि भएनन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts