Logo

दुर्घटनाग्रस्त विमानमा ३३ जना नेपाली रहेकाे विमानस्थलका प्रवत्ताकाे भनार्इ



काठमाडौं ।  त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा ३३ नेपाली रहेका थिए । नागरिक उड्यन प्राधिकरण, त्रिभुवन विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना थिए ।

त्यसमा ३३ जना नेपाली नागरिक थिए ।   अन्य विदेशी नागरिक हुन् ।   अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रवत्ता ठाकुरले बताए ।

अहिलेसम्म २५ जनाको उद्धार गरिएको छ ।  उनीहरुलाई अस्पताल पुर्राइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts