सानिमा रिलायन्स लाईफले गर्यो विद्यालयमा बीमा सचेतना कार्यक्रम

सानिमा रिलायन्स लाईफले गर्यो विद्यालयमा बीमा सचेतना कार्यक्रम


रामेछाप ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली माध्यमिक विद्यालय रामेछापमा एक बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

बिमा सचेतना कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट, शाखा प्रमुख रामहरि केसि प्रधानाध्यापक टंक प्रसाद दाहाल, सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको थियो ।

कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले समुदायमा बीमाको आवश्यकता र महत्वको जानकारी हुन गई बीमा प्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छ ।