Logo

इजरायली राजदुतद्धारा एपेक्सलाईफ स्कूलमा वृहद शैक्षिक प्रदर्शनी उदघाटन



काठमाडौँ । एपेक्स लाईफ स्कूलले पढाईको साथसाथै विद्यार्थीको सृजनात्मक क्षमता अभिवृद्धि गर्न प्रोत्साहन गर्ने अभिप्रयाले विद्यालय प्राङ्गणमा वृहद शैक्षिक प्रदर्शनी आयोजना गरेको छ । अध्ययनका क्रममा वर्षभरिमा विद्यार्थाीले बनाएका शैक्षिक, ज्ञान एवम अनुसन्धानमूलक विज्ञान, प्रविधि, सामाजिक, सांस्कृतिक र वातावरणका क्षेत्रका प्रयोगात्मक र व्यवहारिक सामाग्री सो प्रदर्शनीमा राखिएको छ । आध्यात्मिक र पूर्वीय दर्शनलाई समेत विद्यालयको पठनपाठनमा विशेष जोड दिई त्यसको व्यवहारिक अभ्यास समेत गर्ने गरिएको स्कूलका लेखा प्रमुख विन्दु अधिकारी न्यौपानेले जानकारी दिइन् ।

सो वृहद शैक्षिक प्रदर्शनीको नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले आज उद्घाटन गर्दै सामाजिक, सांस्कृतिक र समग्र देशको विकासको मूल मन्त्र शिक्षा भएको धारणा राखिन् । ‘सीपमूलक र व्यवहारिक गुणस्तरीय शिक्षाबाटै विश्वव्यापी रुपमा माग भएको योग्य र दक्ष जनशक्तिको माग पुरा गर्न मद्धत पुग्छ,’ उनले भनिन् । शिक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा हरि लम्सालले राजनीतिक अस्थिरता शिक्षाको विकासको लागि वाधक हुने गरेको धारणा राख्दै परिक्षामा उत्तिर्ण हुने विद्यार्थीभन्दा असल विद्यार्थी तयार गर्न ध्यान केन्द्रीत गर्नुपर्ने सुझाव दिए ।

विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपानेले विद्यार्थीको शैक्षिक ज्ञानको साथसाथै सृजनात्ममक प्रतिभालाई उजागरी र व्यवहारिक र सीपमूलक शिक्षा दिन यस प्रकारका रचनात्मक कार्य गरिदै आएको बताए । दैनिक पढाईका अतिरिक्त खेलकुद, कला, गीतसंगीत लगायत दैनिक अतिरिक्त क्रियाकलापमा विशेष जोड दिएको उक्त स्कूलमा बालाजु, रविभवन, कपन, बुढानिलकण्ठ, थापाथलीका साथै भक्तपुरको ठिमी, बालकोट लगायतका क्षेत्रबाट आएका ३५० विद्यार्थी पढ्ने गरेको लेखाप्रमुख विन्दु अधिकारी न्यौपानेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts