Logo

सिहंदबारमा कर्मचारी  रोक्न  हेल्थ डेक्स



काठमाडौ । आकस्मिक विरामी परेको भन्दै निजामति कर्मचारीहरु  काम छोडेर हिड्न थालेपछि सरकारले सिंहदरबार परिसरमा चिकित्सकसहितको हेल्थ डेस्क स्थापना गरेको छ। स्वास्थ्य मन्त्रालयले सिंहदरबार परिसरमा कार्यरत कर्मचारीहरूको स्वास्थ्य परीक्षण तथा आकास्मिक स्वास्थ्य परीक्षणको लागि हेल्थ डेक्स स्थापना गरेको हो।

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार सो हेल्थ डेक्सको मुख्य सचिव लोक दर्शन रेग्मीले उद्घाटन गरेका छन्। हेल्थ डेक्सको उद्घाटन गर्दै मुख्य सचिव रेग्मीले ७ हजार कर्मचारी कार्यरत रहेको सिहंदरबारभित्रका कर्मचारी र सेवाग्राहीलाई कार्यस्थलमा आकस्मिकरूपमा आइपर्ने स्वास्थ्य समस्यालाई ध्यान दिएर हेल्थ डेक्स स्थापना गरिएको बताए। उनले भने, ‘हामीसँग दैनिक कति कर्मचारी आकस्मिक स्वास्थ्य समस्याका कारण कायर्स्थलबाटै बाहिर गएको संख्या यकिन नभए पनि, प्राय धेरै उच्च कर्मचारीदेखि तत्लोतहका कर्मचारीहरू आकस्मिक स्वास्थ्य समस्याले बाहिर जानुपर्ने अवस्था छ। त्यसलाई यस हेल्थ डेक्सले रोक्नेछ।’

हाल उक्त डेस्कमा एकजना नर्स, एकजना पारामेडिक्स र एकजना एमबिबिएस चिकित्सक रहने छन्। भने कर्मचारीको व्यवस्थापन वीर अस्पतालले गर्नेछ। राष्ट्रिय पुनः निर्माणको भवनमा रहेको उक्त डेस्कमा तत्कालका लागि दुईवटा कोठा, एउटा बेड र सामान्य उपचार उपकरण उपलब्ध रहेका छन्। आवश्यकताअनुसार यसलाई बढाउँदै लैजाने मुख्य सचिव रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस्