Logo

समस्या समाधान गर्न काग्रेसले बनायो जोहोरवारुमा समिति



मलेसिया । नेपाली काग्रेस जनसम्पर्क समिति मलेसियाले जाहोरवारु क्षेत्रमा क्षेत्रिय समिति गठन गरेको छ । मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनीको सक्रियतामा संगठन बिस्तार गर्ने योजना अनुसार आइतवार जाहोरवारुमा आयोजना गरेको ूचियापान समारोहमा क्षेत्रीय तदर्थ समिति गठन गरिएको हो । कार्यक्रममा नेपाली काग्रेस जनसम्पर्क समिति जोहोर क्षेत्रीय प्रदेशमा गोविन्द लिम्बु लाइ सर्ब सम्मत सभापति पदमा चयन गरिएको छ भने ११ सदसिय समिति चयन भएको छ ।

सदस्यहरुमा गणेश श्रेष्ठ, गगन बहादुर भाट, राम कुवर, बिकाश तामाङ, ज्ञानु खड्का, हिक्मत महत, दिपक कठ्यात, खेम प्रसाद उप्रेती, रुपेश मल्ल र सुनिता शाह रहनु भएको छ। टाढाटाढा बाट सहभागी र अतिथीहरु आउनु भएको फेरि फर्किन लाइ समस्या पर्ने भएको हुदा समय अभावको कारण सदस्यहरुको भने कार्य बिभाजन गर्न आगामी जोहोर क्षेत्रीय कार्य समिति को पहिलो बैठकले गर्ने सहमति भएकोसभापति लिम्बू ले बताउनु भयो। जनसम्पर्क समिति, मलेसिया का सभापति चोलाकान्त पंगेनी को प्रमुख आतिथ्य मा भएको कार्यक्रममा मलेसियाका युवा संयोजक ज्ञानेन्द्र सिंह ठकुरी, नेका जनसम्पर्क समितिका प्रबक्ता बिनोद थापा,जोहर क्षेत्रीय मलेसियाका अध्यक्ष रबिलाल अधिकारी र जोहर क्षेत्रीय प्रतिनिधि कुलेन्द्र राई ले दिनु भएको थियो। कार्यक्रममा गोबिन्द लिम्बू ले स्वागत गर्नुभएको थियो । कार्यक्रम भने विभिन्न संघ, सस्थाको प्रमुख वा प्रतिनिधिको समेत बाक्लो उपस्थित रहेको थियो।

प्रमुख अतिथी पङेनीले जोहोर राज्यमा नेका जनसम्पर्क क्षेत्रीय कमिटी बिस्तार पश्चात् यस क्षेत्र स्थित पीडित नेपाली श्रमिक कामदारहरुको हक, हित र अधिकार सम्बन्धि हरेक प्रकारका समस्याहरु लाई समन्वय र सहजीकरण गर्दै अगाडि बढ्ने बताउनु भएको छ। उहाले जोहोरमा धेरै नेपालीहरु भएको तर क्वालालम्पुर बाट धेरै टाढा भएकोले केहि समस्या परे पनि समाधान गर्न कठिनाइ पर्ने भएकोले काग्रेसले जोहोरवारुमा समिति बनाएको जानकारी दिनुभयो उहाँले अबको दिनमा केही समस्याहरु आएमा सहयोग गर्न सहज हुने बताउनु भयो। कार्यक्रममा सहभागीहरुले रोचक गजल, गायन र नृत्य प्रस्तुत गरेका थिए। नव गठित तदर्थ समितिको सभापति लाई प्रमुख अतिथिले पार्टी को चार तारे झण्डा र माइन्युट खाता हस्तान्तरण गर्दै पुर्ण सफलता को शुभकामना व्याक्त गर्नु भएको थियो। सो कार्यक्रम को सभापतित्व भने नेका जनसम्पर्क समितिका महामन्त्री योगेन्द्र कोइराला ले गर्नु भएको कार्यक्रम को संचालन भने अस्मिता सुबेदीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्