Logo

साउदी सरकारद्धारा सेनाप्रमुखसहित उच्च अधिकारी बर्खास्त



काठमाडौं । साउदी अरबको सरकारले सेनाप्रमुखसहित उच्च सैन्य अधिकारीहरुलाई बर्खास्त गरेको छ। बर्खास्त हुनेहरूमा वायुसेना र स्थलसेनाका उच्च अधिकारीहरू छन्।

साउदीका राजा सलमानको आदेशले उच्च सैन्य अधिकारीहरु बर्खास्त गरिएको हो। बर्खास्त गरिएकाहरुको स्थानमा नयाँ नियुक्ति गरिएको छ। रक्षा मन्त्रीसमेत रहेका राजकुमार मोहम्मद विन सलमानले सैन्य अधिकारीहरुलाई बर्खास्त गर्नुका धेरै कारण रहेको बताएका छन्। साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका विद्रोहीमाथि शुरु गरेको कारबाहीको तीन वर्ष पूरा हुने बेलामा साउदी सरकारले उच्च सैन्य अधिकारीलाई बर्खास्त गरेको हो।

यमनमा साउदी हस्तक्षेपका कारण हुथी विद्रोही देशको दक्षिणी भागमा सिमित भएका छन्। तर अझै राजधानी सानासहितका केही इलाकामा झडप हुने गरेको छ।हुथी विद्रोहीले साउदीको राजधानी रियादमा मिसाइल आक्रमण गर्दै धम्की दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

Recent Posts