Logo

तेस्रो पटक चिनियाँ राष्ट्रपति बन्ने तयारीमा सी चिनपिङ



काठमाडौं । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपतिको कार्यकाल दुई कार्यकाल मात्र रहने संवैधानिक प्रावधानलाई हटाउने तयारी थालिएको छ । यो प्रावधान हटेसंगै बर्तमान राष्ट्रपति सी चिनपिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्न बाटो खुल्ला हुने छ ।

राष्ट्रपति सीले आफ्नो कार्यकाल २०२३ पछि पनि लम्ब्याउन चाहेको अनुमान गरिन्छ। गत वर्ष मात्र कंग्रेसको वार्षिक सम्मेलनले उनलाई माओपछि कै शक्तिशाली नेताको रुपमा प्रस्तुत गरेको थियो। यस्तै, सीको विचारलाई पार्टीको संविधानमा प्रतिस्थापित गरेको थियो भने उनको उत्तराधिकारीका रुपमा कुनै पनि नेतालाई अगाडि सारिएन।

सी सन् २०१३ देखि राष्ट्रपति छन् भने सन् २०२३ मा उनको दोस्रो कार्यकाल पनि सकिँदैछ। चीनमा राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ।

प्रतिक्रिया दिनुहोस्