बालकृष्णको घरमा छापा, १६० करोड बढीकाे अबैध सम्पति बरामद

बालकृष्णको घरमा छापा, १६० करोड बढीकाे अबैध सम्पति बरामद


हैदराबाद ।

भारतको भ्रष्टाचार विरोधी ब्यूरोले तेलंगानामा एक ब्यक्तिबाट १६० करोड अबैध रकम कब्जामा लिएको छ।

तेलंगाना राज्य घर जग्गा नियामक प्राधिकरणका सचिव र हैदराबाद मेट्रोपोलिटन विकास प्राधिकरणका पूर्व निर्देशक शिव बालकृष्णले कथित रूपमा कमाएको १०० करोड भारतीय रुपैयाँ (नेपाली १६० करोड) भन्दा बढीको अबैध सम्पत्ति पत्ता लगाएको हो ।

एसीबीको प्रारम्भिक निष्कर्ष अनुसार बालकृष्णले कथित रूपमा रियल इस्टेट कम्पनीहरूलाई अनुमति दिई करोडौं रुपैयाँ कमाएको खुलासा भएको छ।

अधिकारीहरूले बालकृष्ण र उनका आफन्तहरूको घर र कार्यालयहरूसहित तेलंगानाका धेरै ठाउँहरूमा खोजी गरेका थिए । जसअनुसार आयको अबैध स्रोतहरू भन्दा अबैध सम्पत्ति जम्मा गरेको आरोपमा उनी माथी छानबिन जारी छ ।

गत बुधबार बिहान ५ बजेबाट अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरो (एसीबी) ले खोजी सुरु गरेको हो, जसका लागि उनको २० स्थानमा कभर गरिएको थियो । खोजी कार्य बिहीबारसम्म जारी रहने बताइएको छ । बालकृष्णको घर र अनुसन्धानसँग सम्बन्धित अन्य महत्वपूर्ण स्थानमा छापा मारिएको छ ।

बालकृष्णविरुद्ध मुद्दा दर्ता भएको छ । उनले आफ्नो पदको दुरुपयोग गरी ठूलो मात्रामा सम्पत्ति आर्जन गरेको आशंका सुरू देखी नै भए पनि अहिलेसम्म छापा भने हानिएको थिएन ।

खोजीका क्रममा सुन, फ्ल्याट, बैंक निक्षेप र बेनामी होल्डिङसहित एक सय करोडभन्दा बढीको सम्पत्ति भेटिएको छ । बरामद भएको सूचीमा ४० लाख नगद, दुई किलो सुनका गरगहना, ६० थान महँगो घडी, सम्पत्तिका कागजात र बैंकमा राखिएको रकम समावेश रहेका छ । यस बाहेक १४ फोन, १० ल्यापटप र धेरै इलेक्ट्रोनिक ग्याजेट बरामद गरिएको छ ।

एसीबीले अहिले बालकृष्णको बैंक लकर र अन्य अघोषित सम्पत्तिमाथि छानबिन गरिरहेको छ । भोलि पनि अनुसन्धान जारी रहने बताइएको छ ।