सुन खानीमा पुरीएर ७० जनाकाे मृत्यु

सुन खानीमा पुरीएर ७० जनाकाे मृत्यु


माली ।

पश्चिम अफ्रिकाको मालीमा सुन खानी भत्किँए पछि अहिलेसम्म कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

जहिले पनि खानी भत्किने खतरा रहेको क्षेत्रमा सो दुर्घटना भएको हो ।

मालीको खानी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दक्षिण पश्चिमी कौलिकोरो क्षेत्रको कांगाबा जिल्लामा धेरै खानी कामदारको ज्यान गएको जनाएको थियो । यस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रालयले खानी मजदुरहरुलाई सुरक्षा मापदण्डहरु पालना गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता बे कौलिबालीले सुरक्षा मापदण्ड पूरा नगरी खानीमा काम गर्नेहरूले ग्यालरी खनेका कारण दुर्घटना भएको बताइएको छ ।

यसअघि पनि खानीमा काम गर्नेहरूलाई सुरक्षा मापदण्डलाई ध्यानमा राख्न धेरै पटक सल्लाह दिइएको छ। यसैबीच, माली सरकारले मृतकका परिवार र मालीका जनताप्रति गहिरो समवेदना प्रकट गरेको छ।

सरकारले खानी स्थल नजिकै बसोबास गर्ने समुदाय र सुन खानीमा काम गर्ने व्यक्तिहरूलाई इमानदारीपूर्वक सुरक्षा मापदण्डहरू पूरा गर्न अपील गरेको छ। यसका साथै तोकिएको क्षेत्रमा मात्रै उत्खनन गर्न सुझाव दिइएको छ ।