Logo

बाग्लुङ समाज जापानको नेतृत्वमा सिद्धार्थ



टोकियो । बाग्लुङ समाज जापानको दोश्रो अधिबेसन सिद्धार्थ श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन गरेर सम्पन्न भएको छ । नया कार्य समितिमा उपाध्यक्षहरुमा प्रेम प्रसाद कडेल,प्रेम आचार्य,महेन्द्र पिसी,महासचिब कृष्ण सुबेदी ,सचिबमा बिरोध चालिसे र राजु केसी,कोषाध्यक्ष यमकान्त कडेल,सह कोषाध्यक्ष शोभा केसी गिता,सदस्यहरुमा बिना खड्का,दिपक रेग्मी,बसन्त बियोगी,चेतन पौडेल,सुनिता श्रीष,लक्ष्मी के सी,कृष्ण शर्मा,खगराज सापकोटा ,गोबिन्द खड्का,शंकर सापकोटा चयन भएका छन् भने २३ सदस्यीय कार्य समति रहने बैधानिक ब्यवस्था भएको समाजमा ४ सदस्य बैठकबाट मनोनित गरिने जनाएको छ ।
संस्थाका अध्यक्ष राजबिन थापाको सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अथिति साम्सद डाक्टर सुर्य पाठक ,बिशेष अथिती नेपाल सरकार का उपसचिब ठाकुर कंडेल,एनआरएन आईसिसी सदस्य ओम गुरूङ,महेश श्रेष्ठ,अथिती एनआरएन जापानका उपाध्यक्ष देबिलाल भन्डारी , प्रवासी नेपाली मंचका अध्यक्ष महेन्द्र श्रेष्ठ ,जन सम्पर्क समिती उपाध्यक्ष नवराज थापा अन्तराष्ट्रीय नेपाली समाज जापानका अध्यक्ष पदम ठकुन्ना ,कानागावा कम्यूनिटी का अध्यक्ष हरि सापकोटा ,गुल्मी समाज जापानका अध्यक्ष सालिकराम भन्डारी ,गल्कोट समाजका अध्यक्ष नर बहादुर थापा ,बिहुकोट समाज जापान का अध्यक्ष देबिलाल सुबेदी र सल्लाहकार दिलु खत्री,दिपक सुबेदी,डिपी कंडेलले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा सभापति राजबिन थापाले नेपालमा सामाजिक क्षेत्रमा उल्लेखीय भूमिका निभाउने एकजना व्यक्तिलाई ‘ वर्ष व्यक्ति नेपाल ‘ पुरष्कारबाट पुरष्कृत गर्ने र यो बर्षको वर्ष व्यक्ति पुरषकारबाट धुर्मुशसुन्तलीलाई पुरस्कृत गर्ने घोषणा गर्नु भएको थियो उक्त पुराष्कर्को राशी ५० हजार देखि माथि हुनेछ ्र
अधिबेशनको सभापतित्व समाजका अध्यक्ष राजबिन थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्