Logo

चमेलियाको विजुली बल्यो तर दार्चुलावासी भने अध्यारोमा



दार्चुला । एघार वर्षको निर्माण अवधि लगाएर बनेको सिंगो मुलुकले प्रतिक्षा गरेको चमेलिया जलबिद्युत आयोजनाको दार्चुला जिल्लाको शैल्यसिखर नगरपालीका १ बलाचँमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धघाटन गरे । ११ वर्ष अगाडि देउवाले नै सुरु गरेको उक्त आयोजना २०६३ पुषदेखी निमार्ण सुरु भएको हो । प्रधानमन्त्री देउवाले उद्धघाटन गरेसंगै चमेलियाले ब्याबसायिक उत्पादन सुरु गरेको छ अनि राष्ट्रिय प्रसारण लाईनमा पनि जोडिएको छ । अब चमेलियाबाट उत्पादन भएको विद्युत सिंगो मुलुकले उपभोग गर्न सुरु गरेको छ । तर त्यही चमेलियाको विजुलीबाट दार्चुलावासी भने बञ्चित भएका छन् । आफ्नै भुगोलमा बगेको चमेलियालाई छेकेर निर्माण गरिएको विद्युत आयोजनाको बिजुली बाल्न नपाएपछि दार्चुलावासीमा निराश भएका छन् ।

आयोजना स्थलमा दार्चुला र बैतडीका लागि निर्मामाण गरिएको सब स्टेसनबाट प्रसारण लाइन बिस्तार हुन नसकेकाले दार्चुला र बैतडीका स्थानीयले चमेलियाको बिजुली बाल्न नपाएका हुन् । झण्डै ७ करोड लगानीमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ७ धाप थालिगाडमा निर्माण हुन लागेको सबस्टेसनसम्म प्रसारण लाइन पु¥याई बस्तिबस्तिसम्म विद्युत लाइन पु¥याउन सकेमात्रै दार्चुलाबासीले चमेलियाको विजुली बाल्न पाउनेछन् । लामो समयदेखी सबस्टेशन निमार्ण र लाइन बिस्तारमा ढिलाई हुदा दार्चुलाबासीले समयमै बिद्युत बाल्न नपाएका हुन ।

स्थानीयलाई बिजुली दिने सन्भर्दमा आयोजनाले समेत ढाँटेको स्थानीयको आरोप छ । आयोजनाले निर्माण अवधिमै दार्चुालका शेरी, लटिनाथ र शिखर गाविस तथा बैतडीका रुद्रेश्वर र कोटपेटरा गाविसमा विद्युतीकरण गर्ने सम्झौता भएको भएपनि यो क्षेत्रमा अहिलेसम्म विद्युतीकरण हुन सकेको छैन ।

सुदूरपश्चिमकै लामो प्रसारण लाइन र देश कै अग्लो डयाम
आयोजनासँग रहेको दुई युनिटमध्ये एक युनिट पुस २८ गते सञ्चालन गरी विद्युत राष्ट्रिय प्रसारण लाइनमा पठाएको थियो भने अर्को युनिट माघ १८ गते सञ्चालन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको थियो । पन्ध्र, पन्ध्र मेगावाटका दुई युनिटबाट पिक आवरमा छ घण्टा विद्युत आपूर्ति गर्ने गरी आयोजनाले विद्युत राष्ट्रिय प्रसारण लाइनमा छोड्ने जनाएको छ । चमेलिया आयोजना स्थल बलाचबाट राष्टिय प्रसारण लाइन अत्तरियासम्म जोड्ने १ सय ३१ किलोमिटर सुदूरपश्चिम कै सबैभन्दा लामो प्रसारण लाइनमार्फत विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ । भने चमेलियासँग देशकै उच्च बाँध समेत रहेको छ । बैतडीको कोटपेटरा, दार्चुलाको शेरी र लटिनाथ गाविसको सिमाना पर्ने बिटुलेमा ५८ मिटर अग्लो बाँध निर्माण गरि आयोजनाका लागि जलासय निर्माण गरिएको छ । यो जलायस नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको सबैभन्दा उच्च बाँध हो ।

११ पटक म्याद थप १५ पटक बन्द
चमेलिया जलबिद्युत आयोजनामा भ्रष्टाचार भएको भन्दै जनार्दन शर्मा लेखा समितिको सभापति भएका बेला चमेलिया आयोजना निर्माणको काम बन्द गर्न निर्देशन गरिएको थियो । समितिले काम बन्द गर्न दिएको निर्देशन जनार्दन शर्मा नै उर्जा मन्त्रीभएपछि झण्डै १९ वर्षपछि आयोजनाको काम सुरु गरिएको थियो । समितिले तत्कालीन युवा तथा खेलकुद मन्त्री राजन केसीको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनलाई आधार मान्दै चमेलियमा भ्रष्टाचार भएको भन्दै १० फ्रब्रुअरी २०१५ देखि बन्द गरिएको चमेलियाको काम २८ सेप्टेम्बर २०१६ बाट मात्रै सुरु गरिएको थियो । २००९ को अप्रिल अन्त्यमा निर्माण गर्ने सम्झौता भएको चमेलिया जलविद्युत आयोजनाको म्याद पटक पटक गरी ११ पटक थपिएको थियो भने ३ पटक निर्माण सम्पन्न गर्ने मिति तय गरिएको थियो ।
पहिलो पटक डिसेम्बर २०११ मा कार्य सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाले पहिलो पटक त्यो लक्ष्य २०१३ को अगस्टको अन्त्यमा सा¥यो । त्यो समयसिमामा समेत आयोजना निर्माण हुन नसकेपछि आयोजना पूर्ण गर्ने लक्ष्य २०१५ को मध्य मार्चलाई तोकियो भने तेस्रो पटक मार्च २७, २०१६ मा सक्ने लक्ष्य सारिएको थियो तर आयोजना पहिलो पटक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको झण्डै ६ वर्षपछि मात्रै सम्पन्न भएको छ । यति मात्रै नभएर पटक पटक गरेर आयोजनाको निर्माण काम १५ पटक रोकिएको थियो । बिभिन्न कारणले कहिले १९ महिना त केहिले २ दिन गरी आयोजना निर्माणको काम १५ पटक अबरुद्ध भएको थियो ।

डिपिआरमा समस्या
आयोजनाको भोगोलिक र अन्य अवस्थाको अध्ययन गरी निर्माण गरिएको बिस्तृत अध्ययन प्रतिवेदन डिपिआर अनुसार भुबनोट कमजोर भएका कारण आयोजनाले थप ढिलाई र आर्थिक चलखेलको शिकार हुनु पर्यो । आयोजनाको कूल ६ सय ११ मिटर लामो सुरुङमार्ग मध्ये २ सय ३२ मिटर सुरुङ कमजोर भुबनोटका कारण खुम्चियो । डिपिआरमा सुरुङ खुम्चिने र खुम्चिदा कसले व्ययभार व्यहोर्ने भन्ने वारेमा पहिले नै प्रष्ट नहुँदा निर्माणको जिम्मेवारी पाएको चिनिया गेजुवा ग्रुप अफ पावर कम्पनी सिजिजिसि ले थप रकम दाबि गर्यो । निर्माण कम्पनीले रकम दाबि गर्दै रकम नपाएको भन्दै काम बन्द गर्यो । यही थप दाबिका कारण चमेलियामा थप आर्थिक चलखेल भएको र भ्रष्टाचार भएको कतिपयको बुझाइ छ । तत्कालीन उर्जा मन्त्री राधा ज्ञवालीले सिजिजिसीले दाबि गरेको रकम १ अर्ब १ करोड रकम कम्पनीलाई दिने गरेर निर्माण कम्पनीबाट कमिसिन लिएको भन्दै मन्त्री ज्ञवालीको चर्को आलोचना समेत भएको थियो ।

प्रतिमेगावाटको लागत ५३ करोड
निर्धारीत समयभन्दा झन्डै छ वर्ष ढिला गरी दोब्बर रकम खर्चेर निर्माण सम्पन्न हुन लागेको चमेलिया जलविद्युत आयोजनामा भएको खर्चको हिसाब गर्ने हो भने १ मेगावाट विजुली उत्पादन गर्न ५३ करोड खर्च भएको देखिन्छ । यो खर्च धेरै बढी भएको जानकारहरु बताउँछन । यद्यपि अन्तिम खर्च अझै आउन बाँकी रहेकाले यो रकममा अझै थोरै बृद्धि हुन सक्ने आयोजनाले जनाएको छ ।
आयोजनाको लागत बढ्नुमा नाकाबन्दी भएको बेला निर्माण सामग्री उपलब्ध नहुनु, सरकार र विभिन्न व्यक्तित्वलाई १०२४ देखि १०३२ नम्बरसम्मका बिलासी गाडिहरु खरिद गर्नु पनि रहेको जानकारहरु बताउँछन् । चमेलियाका बिलासी गाडिहरु प्रधानमन्त्रीदेखि मन्त्रीहरुले समेत प्रयोग गर्ने गरेका छन् ।

यस्तो छ खर्च विवरण
चमेलियाको अनुमाति खर्च १५ अर्ब ९० करोड रहेको छ । तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कूल लागत १५ अर्ब रहने अनुमान गरेको बताउनु भएको छ । विद्युच गृहका लागि जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रो मेकानिकल तथा हाइड्रोमेकानिकल कार्यका लागि करिब ७ अबै ८४ करोड, परामर्श सेवातर्फ करिब ६० करोड गरी जम्मा ८ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको छ । त्यसैगरी १ सय किलोमिटर लम्बाइ बलाँच अत्तरीया प्रसारण लाइनको निर्माणमा २ अर्ब ५४ करोड, मूल्य समायोजन, बिदेशी मुद्रा सटहीमा भएको नोक्सानी र प्रशासनिक खर्चमा ३ अर्ब गरी ६ अर्ब १८ करोड ४८ लाख खर्च भएको प्राधिकरणको तथ्याङक रहेको छ ।

चमेलियाको प्रसारणलाईनमा ५ आयोजनाको बिजुली
चमेलिया आयोजनाले निर्माण गरेको १ सय ३१ किलोमिटर लामो प्रसारण लाइनमा अपि हाइड्रोपालरको ८ दशमलब ५ मेगावाट प्रसारण भैसकेको छ । यस्तै अरु बिभिन्न ५ ओटा आयोजनाको विजुली पनि चमेलिया कै प्रसारण लाइनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्