Logo

कांग्रेस नेता मजगैयाँको आत्मआख्यान धर्तीमाता लोकार्पण



काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री तथा साहित्यकार बलदेव मजगैयाँ आत्मआख्यानसहित आएका छन् । आफ्नो जीवनको २५ वर्षलाई समेटेर लेखिएको उनको बाह्रौं कृति धर्तीमाताको शुक्रबार वरिष्ठ आख्यानकार धुव्रचन्द्र गौतम, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि श्रवण मुकारुङलगायतले लोकार्पण गरेका हुन् ।

कृति गहकिलो, सरल र रोचक रहेको आख्यानकार गौतमले सुनाए । गौतमले भने, ‘इमानदारीपूर्वक लेखिएको छ । पुस्तक पढ्दा कथा वा उपन्यास पढेको अनुभूति हुन्छ ।’ कृतिको समीक्षा गर्दै डा. नारायण चालिसेले कृति आत्मआख्यान भए पनि अतिरञ्जनाबाट मुक्त रहेको बताए ।

त्यस्तै, प्रा. डा. ज्ञानु पाण्डेले कृति पढ्दा बीपी कोइरालाको पृष्ठभूमिको याद आउने टिप्पणी गरिन् । भनिन्, ‘यो कृति पढेपछि बीपीलाई अझ बढी चिन्ने मौका पाइन्छ । त्यस्तै, कृतिमा समाजशास्त्रीय कोणबाट पर्यावरणीय चेत पाइन्छ ।’ कृति साझा प्रकाशनले छापेको हो ।

प्रतिक्रिया दिनुहोस्