Logo

स्याङ्जालीले गरे पत्रकार अनिता विन्दुलाई सम्मान



♦रवि लम्साल ।  स्याङ्जा । नेपाल पत्रकार महासंघको पुर्व उपाध्यक्ष अनिता बिन्दुलाई जिल्ला उद्योग वाणिज्य संघले हरेक २ बर्षमा आयोजना गर्दै आएको महोत्सवमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको पत्रकार अनिता विन्दुलाई सम्मान गरेको छ । पाँचौ स्याङ्जा महोत्सव २०७४ शुक्रवार उदघाटन भएसँगै शुरु भएको कार्यक्रममा नेपाल टेलिभिजनमा बरिष्ठ समाचार सम्पादकको रुपमा काम गर्दै आएकी अनितालाइृ सम्मान गरेको हो । करिव दुई दशक पत्रकारिता जिवन व्याथित गरेकी बिन्दु नेपाल प्रेस युनियनको पुर्व उपाध्यक्ष समेत भै सक्नुभएको छ । उहाँको जन्म थलो स्याङ्जा नै हो ।

बुवाको नाममा शिक्षा र पत्रकारिताको क्षेत्रका लागि समेत अक्षयकोष खडा गरेकी बिन्दु पत्रकारिताको माध्यमबाट स्याङ्जालाई चिनाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै पाँचौ स्याङ्जा महोत्सवमा दोसल्ला र प्रमाणपत्रले नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सम्मान गर्नुभएको हो । सम्मान पछि अनिता विन्दुले उद्योग वाणिज्य संघले गरेको सम्मानले आफुलाई अझै जिम्मेवारी बढेको बताउनु भयो ।
आयोजकले कृषि, साहित्य, शिक्षा क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्‍याउने एक दर्जन व्याक्तिलाई सम्मान गरेको छ । कृषिबाट बोधराज अर्याल, कलाकारबाट रामजी खाँण, उत्कृष्ट उद्योगबाट खिलुङ् कालिका एग्रो फार्म, शिक्षा क्षेत्रबाट महेन्द्र रेग्मी, साहित्य क्षेत्रबाट देवीप्रसाद बनवासी, निजामति कर्मचारीबाट जयराम पौडेल, स्थानीयतहको कर्मचारीबाट शिवजी पौडेल, उत्कृष्ट व्यवसायीबाट राधेश्यम अग्रहरी, वित्तिय क्षेबाट गरिमा विकास बैंकका प्रमुख कार्यकारी गोविन्द ढकाल, जेष्ठ नागरिक तथा समाजसेवीबाट भोलानाथ लम्साल, खेलाडीबाट मुक्त राना, पुर्व अध्यक्षबाट सु।कृष्णमान श्रेष्ठलाई सम्मान गरिएको महोत्सवका संयोजक विक्रान्त कुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्