Logo

आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा आज नेपाल र नामिबिया भिड्दै



काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले बिहीबार पहिलो खेल घरेलु टिम नामिबियासँग खेल्दैछ । नेपाली टोली पारस खड्काको कप्तानीमा मैदानमा उत्रदै छ ।

खेल नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे बजेपछि सुुरु हुनेछ । नेपाली टोली सयुंक्त अरब इमिरेट यूएईमा तीन अभ्यास खेल खेलेर दुईमा जित र एकमा हार ब्यहोर्दै नामिबिया पुगेको हो ।

प्रतियोगिताका लागि युएइमा ३ अभ्यास खेल खेलेको नेपाली टोली उतैबाट नामिबिया पुगेको हो । यसअघिका ४ भेटमा नेपालले नामिबियालाई ३ पटक हराएको छ भने एकपटक मात्र हारेको छ । ६ टीम रहेको प्रतियोगिताको शीर्ष २ मा रहने टीमले विश्वकप क्रिकेटको छनोट खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्