Logo

ताइवानमा गएराती शक्तिशाली भूकम्प



काठमाडौं । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको हुआलिन शहरको तटीय क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पका कारण कम्तिमा दुईजनाको ज्यान गएको र दुई सय भन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण आएको सरकारी अधिकारीले बताएका छन् ।

नेपाली समय अनुसार मंगलबार राति ९ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पका कारण हुआलिन शहरका धेरै भवनमा क्षति पुगेको छ । आपतकालीन उद्धारकर्मीले एक सय ५० जना भन्दा बढीको उद्धार गरेका छन् ।

अहिले पनि भत्केका भवनमा फसेकाको खोजी तथा उद्धारको काम भइहरेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा भूकम्पका कारण ठूलो क्षति भएको देखिएको छ ।

तटीय क्षेत्रमा रहेको एक होटलको भवनमा आंशिक क्षति पुगेको र त्यहाँ धेरै मानिस फसेको अनुमान छ । उनीहरुको उद्धारका लागि प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्