Logo

शोकमा परेका बेलामा पनि पौडेलको विकासमा चासो



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रियसभाको चुनावको तयारीका लागि सोमवार पोखरा पुगे । तर सोमवार राती चितवनमा जेठा छोरी ज्वाई माधव खनालको निधन भयो । उनी छोरी ज्वाईको निधनका कारण भोली हुने राष्ट्रियसभाको चुनाव छोडेर पोखराबाट चितवन फर्के । पार्टीको संगठन र विकासका प्रति सधैं चिन्तित देखिने पौडेल कांग्रेस उम्मेदवारहरुलाई जिताउनका लागि पोखरा पुगेका थिए ।

छोरी ज्वाईको निधनका शोकमा डुबेका बेलामा पनि पौडेललाई तनहुँको विकासका प्रति गहिरो चिन्ता देखियो । छोरी ज्वाईको निधनका कारण चितवन हिडेका पौडेलले चितवनको घुमाउनेबाट तनहुँको दमौली जोड्ने पक्की पुल निर्माणको अवलोकन गरे । छोरी ज्वाईको निधनको शोकमा डुबेका बेलामा पौडेलको चिन्ता विकास र समृद्धिका लागि देखियो ।

१०५ मिटर लामो पक्की पुल पौडेलको पहलमा निर्माण सुरु भएको हो । यो पुल नारायणगढ–मुग्लिन सडकखण्डको बीच भागमा घुमाउने भन्ने ठाउँ पर्दछ । यहाँबाट वुद्धसिंह मार्ग हुँदै दमौली जाँदा सडक २५ किलोमिटर छोटो हुनेछ । यो पुल बनेपछि तनहुँको सदरमुकाम दमौली, पोखरा, बाग्लुङ, पर्वत जानका लागि नत मुग्लिन नै पुग्नपर्दछ नत डुम्रे बजार नै ।

९ करोडको लगानीमा आगामी ४ वर्षभित्र निर्माण सक्ने गरि काम थालिएको छ । गत माघे संक्रान्ति अघिबाट पुल निर्माणको काम थालिएको हो । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुने छ । डबल लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने गरि निर्माण हुन लागेको पुलका बारेमा पौडेलले केहि समय अगाडि पनि चासो व्यक्त गरेका थिए ।

तनहुँको सदरमुकाम दमौलीदेखि घुमाउनेसम्म जम्मा ३२ किलोमिटर छ । सेती नदीको किनारैकिनार घँमाउनेघाट, सराङघाट, मासीघाट, सुँढे, बेलबास हुँदै दमौली पुग्न सकिन्छ । यसलाई बुद्धसिंह मार्ग भनिन्छ । सामान्य ग्राभेल अवस्थामा रहेको यस मार्गको स्तरोन्नतीको काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्