Logo

नयाँ बानेश्वरचोकमा पनि बन्ने भयो सुरुङमार्ग



काठमाडौं । सरकारले नयाँ बानेश्वर चोकमा पनि अन्डरपास अर्थात सुरुङ मार्ग बनाउने भएको छ । चिनियाँ सहयोगमा कलंकीमा बनिरहेको अन्डरपास डिजाईनमा बानेश्वरमा पनि बनाउन लागिएको हो।

यसअघि फ्लाईओभर बनाउने योजना रहेकामा सम्भाब्यता अध्ययनले माटोमा कमजोरी देखिएपछि बानेश्वरमा पनि अन्डरपास बनाउने निर्णय गरिएको हो । अन्डरपास निर्माणको प्रक्रिया अगाडि बढाउन लागिएको सडक विभागको पुल महाखा प्रमुख अर्जुन थापाले जानकारी दिए ।

संघीय संसद् भवनदेखि बान्शेवर चोक अगाडिसम्मको करिव एक किमि क्षेत्रभित्र अन्डरपास बनाउन सम्भाव्यता अध्ययन थालिएको छ। अन्नपुर्णपोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्