Logo

एकै स्थानमा धार्मिक र शैक्षिक केन्द्र बनाउन शिवपुराण



सोलु ।  सोलुखुम्बुको सल्यान गाविसमा धार्मिक र शैक्षिक स्थलका रुपमा विकास गर्नका लागि शिवरात्रीको अवसर पारेर शिवपुराण आयोजना गर्न लागिएको छ । २०५५ सालमा सोलुमा नै पहिलो पटक कोटीहोम आयोजना गरिएको स्थानमा शिवमन्दिर स्थापनका लागि शिवपुरण आयोजना गर्न लागिएको हो ।
.
१९५८ सालमा संस्कृत शिक्षाका लागि भाषा पाठशाला स्थापना गरिएको सल्यानको उक्त सथान ब्राह्मणको थालोका रुपमा परिचित छ । बिषेशगरि निरौलाको भुमिका रुपमा परिचित सो स्थानमा १९८५ सालमा स्वर्गिय धोकलसिंह खत्रीको पहलमा भाषा पाठशाला स्थापना भएको थियो । धार्मिक महत्व समेत रहेको उक्त स्थानलाई शैक्षिक र धार्मिक स्थलका रुपमा विकास गर्न उद्देश्यकका साथ शिवपुराण आयोजना गरिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले जनाकारी दिए ।

झण्डै ५० रोपनी क्षेत्रफल रहेको सो शिवालयको जग्गाबाट अहिले पूर्विय दर्शनको अध्ययनका लागि गुरुकुल शिक्षाको समेत स्थापना गरिएको छ । सोहि स्थानमा १९५८ सालमा स्थापना भएको भाषा पाठशाला अहिले वीपी संस्कृत माविमा रुपमा संचालन भइरहेको छ भने सोही स्थानमा संस्कृत विश्वविद्यालयको सम्बन्धमा शास्त्री सम्म अध्यायपन गर्ने क्यापस समेत संचालन भइरहेको छ । शिवमन्दिरको स्थापना भएपछि उक्त स्थानलाई पूर्विय दर्शको अध्यायन अनुसन्धान गर्ने थलो र धार्मिक स्थालका रुपमा अगाडि बढाउने योजना रहेको स्थानीय शिक्षक सुरेन्द्र ढुंगानाले बताए ।

२०५५ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई, कांग्रेस नेतृ नोना कोइरालाको समेत सहभागितामा कोटीहोम आयोजना गरि उहाँहरुले पूर्ण आहुति दिएका थिए । त्यही स्थानमा शिवमन्दिर स्थापनाका लागि अहिले शिवपुराण आयोजना गर्न लागिएको हो । माघ २१ गतेदेखि सुरु हुने शिवपुराणको समापन शिवरात्रीको दिनमा गरिनेछ ।  कांग्रेस केन्द्रीय सदस्य केसीको हजुरबुबा धोकलसिंह केसीले १९५८ सालमा निरौलाहरुले बसोबास गर्ने ब्राह्मण थलोलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्दै लैजानका लागि राणाकालमा जग्गा दान गरि भाषा पाठशाला स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्