Logo

साहित्यकार मनु ब्राजाकीको निधन



काठमाडौं । साहित्यकार मनु ब्राजाकीको निधन भएको छ। मस्तिष्कघातबाट पीडित ब्राजाकीको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो।

ब्राजाकीका म र तिम्री स्वास्नी तथा अन्नपूर्णाको भोज कथासंग्रह चर्चित आख्यान हुन्। पारदर्शी मान्छे, भविष्य यात्रा लगायत आधा दर्जनभन्दा बढी कथा संग्रहका साथै गजल गंगा, के हेरेको ए जिन्दगी लगायत गजलसंग्रह प्रकाशित छन्।

समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्