Logo

यी हुन् कांग्रेस प्रदेश संसदीय दलका नेता छान्न खटिएका नेताहरु



काठमाडौं । सातै प्रदेशसभामा संसदीय दलको नेता चयन लगायत अन्य कामको सहजिकरण गर्न केन्द्रीय नेताहरुलाई तत्कालै खटाउने निर्णय गरेको छ।
प्रदेश नम्बर १ मा मिनेन्द्र रिजाल, प्रदेश २ मा विमलेन्द्र निधि, प्रदेश ३ मा डिना उपाध्याय, प्रदेश ४ मा गोविन्द भट्टराई, प्रदेश ५ मा बालकृष्ण खाण, प्रदेश ६मा हृदयराम थामी र प्रदेश ७ मा एनपी साउदलाई पठाउने कांग्रेसले निर्णय गरेको हो ।

प्रदेशसभामा आफ्नो संसदीय दलको नेता चुन्ने र दल सञ्चालनको विधि मस्यौदा गर्न नेता मिनेन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । प्रदेश सभाको सदस्यलाई संसदीय अभ्यासको अभिमुखिकरण कार्यक्रम हरु पार्टीले सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्