Logo

राजकुमार र रामकृष्ण बानियाँको ‘शुन्य भयो गाउँ र घर…’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । राजकुमार बानियाँ र रामकृष्ण बानिँयाको लोकदोहोरी गीत ‘शुन्य भयो गाउँ र घर…’को भिडियो बजारमा आएको छ ।

पशुपति शर्मा, राजकुमार बानियाँ र कोमल वलीको स्वर रहेको गीतमा लय र शब्द राजकुमार बानियाँको रहेको छ ।

पशुपति शर्मा, राजकुमार बानियाँ, कोमल वली, शिभराम, रामकृष्ण, प्रकाश, राजन, सुदिपको अभिनय रहेको छ । दुर्गा पौडेलले निर्देशन गरेको भिडियोको छांयाकन देवराज गुरुङले गरेका छन् ।

दोहोरी शैलीमा भएपनि गीतले वैदेशिक रोजगारीका कारण युवाहरु विदेशमा जाँदा गाँउमा देखिएको समस्यालाई देखाइएको छ । गीतले विकास निर्माणको कामलाई समेत जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्