Logo

अफगानिस्तान केन्द्र भएर शक्तिशाली भूकम्प

दिल्लीसम्म हल्लियो



काठमाडौं । अफगानिस्तान केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पले भारतको दिल्लीसम्म हल्लाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बुधबार दिउँसो गएको भूकम्प ६।६ रेक्टर स्केलको मापन गरिएको छ ।

अफगानिस्तानको हिन्दूकुशमा केन्द्रविन्दू रहेको भूकम्पले के कति क्षति ग¥यो भन्ने प्रस्ट भइसकेको छैन ।

तर, भूकम्प निकै शक्तिशाली भएकोले क्षति पनि ठूलै भएको अनुमान गरिएको छ । भूकम्पले अफगानिस्तानबाट पाकिस्तान हुँदै भारतसम्म धक्का दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्