Logo

अख्तियारमा गोपाल खड्काले दिए पाँच घण्टा लामो वयान



काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पाँच घण्टा लामो वयान दिएका छन् । इन्धन भण्डारणको जग्गा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले वयानका लागि बोलाएको हो ।

वयानका लागि खड्का मंगलबार विहान १० बजे नै अख्तियार पुगेका थिए । खड्कालाई आयोगले पाँच घण्टा लामो वयान लिएको थियो ।

सरकारले कार्यकारी निदेर्शकबाट बर्खास्त गरेको खड्कालाई सर्वोच्च अदालतले पुनः बहाली गरेको थियो । खड्कालाई बुधबार फेरि थप वयानका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्