Logo

अमेरिकामा बन्दुकधारीद्धारा एक नेपालीको हत्या



वाशिङटन डिसी । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए । प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ ।

उनी केही समयअगाडि नेपालबाट आएका थिए । दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए । गैरआवसीय नेपाली संघ एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा नेपाली समाज टेक्सासका निवर्तमान अध्यक्ष कृष्ण लामिछानेले घटनाको पुष्टी गरेका छन्। ‘शनिवार मध्यरातमा घटना हुनासाथ मलाइ पनि खवर आएको थियो, परिवारको आग्रहमा नाम सार्वजनीक नगर्न भनिएको छ, म त्यो परिवारको सम्पर्कमा छु’, लामिछानेले भने।

मृतक केही समय अगाडि मात्र अमेरिकाको टेक्सस आएका हुन् भने उनकी श्रीमति पनि हाल यतै नै छिन् । मध्यरातमा लुटपाटमा आएकाहरूसँग प्रतिरक्षा गर्न खोज्दा दुखद घटना भएको जनाइएको छ । लुटेराहरूसँग प्रतिरक्षा नगर्न, आफू सुरक्षित रहनु र लुटेराहरू स्टोरबाट बाहिरिएपछि मात्र आफू सुरक्षित हुन्छु भन्ने लागेमा प्रहरीलाई खवर गर्नु भन्दै कतिपय स्टोरले आफ्ना कामदारलाई प्रशिक्षित गर्ने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्