Logo

कांग्रेस नेता लेखक र कतारका श्रममन्त्रीबीच भेटवार्ता



कतार । नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री रमेश लेखकले कतारका श्रममन्त्री डा इसा सहद अल नाइमीसंग भेटवार्ता गर्नुभएको छ । नेपाली जनसम्पर्क समितिको निमन्त्रणामा कतार भ्रमणमा रहेका नेता लेखकले आज कतारका श्रममन्त्री डा इसासंग बिगतमा नेपालसंग भएको श्रम संझौता अनुसार कसरी काम भइरहेको बारेमा जिज्ञासा राखेका थिए । सन २००८ मा लेखक श्रममन्त्री भएको बेलामा गल्फका राष्ट्रहरु कतार, बहराइन र युनाईटेड अरब इमिरेटसंग श्रम संझौता भएको थियो ।

नेता लेखकले त्यो बेलामा भएको श्रम संझौताले तयार गरेको संयन्त्र र कानुनी आधारले कस्तो काम भइरहेको बारेमा जिज्ञासा राखेको बताउनुभयो । उहाँका अनुसार अनुसार कतारका श्रममन्त्री डा इसाले त्यो श्रम संझौताले नेपाली कामदारलाई कानुनी हैसियत प्रदान गरेको तथा संयुक्त संयन्त्रले काम गरिरहेको बताएका थिए ।

भेटमा नेता लेखकले प्राविधिक तथा दक्ष कामदारको कोटा बढाउन माग गर्नुभएको थियो । साथै कतार सरकारलाई प्राविधिक जनशक्ती उत्पादनका लागि नेपालमा प्राविधीक बिद्यालय खोल्नका लागि सहयोग गर्न माग गरेको बताए । कतारका श्रममन्त्रीले दुताबासंग छलफल गरेर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

कतारका श्रममन्त्रीले नेपाली कामदारहरुले समयमा तलब नपाउने जस्ता समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने प्रतिवद्धता समेत जनाएका थिए । उनले नेपाली कामदारलाई सुविधा दिलाउन लाग्ने बताएका थिए । दक्ष कामदारका साथै होटल तथा हस्पिटालीटि सम्बन्धी कामदारको कोटा बढाउने समेत नेता लेखकले माग गरेका थिए । भेटमा कतारका लागि नेपाली राजदुत प्रा रमेश कोइराला, दुतावासका डिसिएम मणीरत्न शर्मा र पत्रकार शिव लम्सालको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्