नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द हुने

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द हुने


काठमाडौँ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द हुने भएको छ ।

बुधबार सूचना जारी गर्दै नेप्सेले कारोबार प्रणाली तीन दिन बन्द हुने जनाएको हो ।

विद्युतीय प्रणाली अद्यावधिक गर्नुपर्ने भएकाले पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि शनिबार राति ११ बजेसम्म कारोबार प्रणाली बन्द हुने नेप्सेले जनाएको छ ।