फेरी विमानस्थलबाट १ किलो ३०० ग्राम सुन बरामद

फेरी विमानस्थलबाट १ किलो ३०० ग्राम सुन बरामद


काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।

शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथमा सुन बरामद भएको हो ।

दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले बताए ।

यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।