Logo

मेयर नभेटेपछि काठमाडौंको धुलो उपमेयरको हातमा

नेविसंघद्धारा महानगरपालिकामा धर्ना



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल बिद्यार्थी संघले महानगरपालिकाको मेयर बनेर आएको ९ महिनासम्म पनि काठमाडौंको धुलो हटाउनुको साँटो काठमाडौं झनै भद्रगोल बनाउन लागेकोले विरोधमा काठमाडौं महानगगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई काठमाडौं धुलो दिने विरोध कार्यक्रम थियो । तर मेयर विद्यासुन्दर शाक्य महानगरपालिकामा नभेटिएपछि बिद्यार्थीहरुले उपमेयर हरिप्रभा खड्गीलाई धुलो बुझाएर फर्किएका छन् ।

संघका उपाध्यक्ष सागर परियारका अनुसार संघले मेयर विद्यासुन्दर शाक्यको हातमा फोहर थमाउने कार्यक्रम बनाए पनि शाक्य कार्यालयमा उपस्थित नभएपछि फोहर उपमेयर खड्गीलाई थमाइएको हो । काठमाडौंमा अत्याधिक धुँलो र फोहर बढेको भन्दै उनीहरुले संकेतिक रुपमा महा नगरपालिकाको ध्याआकर्षण गराएको नेबिसंघ काठमाडौं जिल्ला सभापति मनोज बैद्यले बताए। वैद्यले भने, ‘महानगरले विभिन्न रुपमा जनताबाट कर उठाएपनि काम गरेन।’

झन्डै सय जनाको सङख्यामा पुगेका विद्यार्थी टोलीले काठमाडौंका मुख्य चोकहरु तीनकुने, चावहिल लगायतका स्थानबाट धुलो तथा फोहर संकलन गरी महानगरपालिकामा बुझाएका हुन्। उपमयेर खड्गीले मेलम्चीको पाइप विस्तारको क्रममा धूलो भएको बताइन्। सडक विभागले आफ्नो जिम्मेवारी पुरा नगर्दा धुलो भएको दाबी गरिन्। काठमाडौं जिलला कार्यसमितिको संयोजनमा भएको कार्यक्रममा नेपाली बिद्यार्थी संघका उपाध्यक्षहरु उर्मिला थपलिया, नविन राई, सागर परियार सहभागि थिए ।

महानगरपालिकाको मेयर बनेर आएको ९ महिनासम्म पनि काठमाडौंको धुलो हटाउनुको साँटो काठमाडौं झनै भद्रगोल बनाउन लागेकोले विरोध स्वरुप मेयरलाई एक मुठ्ठी धुलो उपहार दिइएको उपाध्यक्ष उर्मिला थपलियाले बताइन् । विद्यार्थीहरुले आधा घण्टा महानगरको गेटमा माक्स लगाएर धर्ना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्