Logo

कर तिर्दैनन् ठूला घरानियाँ



काठमाडौं । निजी तथा सरकारी निकायले नै स्थानीय तहलाई तिर्नुपर्ने करडां रुपैयाँ नतिर्दा मुलुकका कतिपय स्थानीय तहको वार्षिक राजस्व लक्ष्य नै असफल बन्ने देखिएको छ ।

एकातिर बहाल करमाथि अर्थ मन्त्रालयको हस्तक्षेप र अर्कोतिर घरबहाल करदाताले समेत कर तिर्न आनाकानी गर्दा स्थानीय सरकारको ठूलो आम्दानीको हिस्सा त्यसै गुम्दै आएको छ । अहिले स्थानीय तहमा जनप्रतिनिधि आएको नौ महिना बित्नै लाग्दा महानगर क्षेत्रमा करोडौं रुपैयाँ बक्यौता उठ्न सकिरहेको छैन ।

लबिम महल ३ करोड, सञ्चय कोष कार्यालय २० करोड, लिटिल एन्जल्स स्कुल २ करोड, एभीएस स्कूल १ करोड २५ लाख, डीएभी स्कुल २ करोड, जेम्स स्कुल १ करोड ५० लाख, सलाइज अपार्टमेन्ट ५० लाख, नेपाल बाल संगठन २ करोड, सेल्सबेरी डिपार्टमेन्ट १ करोड, सहकारी विकास बोर्ड १ करोड ५० लाख, नेसनल क्यान्सर अस्पताल ६० लाख, कार्य विनायक कोलोनी १ करोड, कान्तिपुर कोलोनी १ करोड २५ लाख, डाउन टाउन अपार्टमेन्ट ९० लाख, क्लासिक टावर १ करोड ३० लाख, हात्तीवन हाउजिङ १ करोड २० लाख कर तिर्ने बाँकी छ । राजधानीमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्