‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ

‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ


काठमाडौं ।

ठगी गरेको आरोपमा राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।

टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोपसहित प्रहरीमा निवेदन परेपछि उनीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार भट्टले टुटल कम्पनी एक करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ ।

पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगिएको छ ।