Logo

डा. गोविन्द केसी सामान्य तारेखमा रिहा



काठमाडाैं । सर्वोच्च अदालतले डा.गोविन्द केसीलाई सामान्य तारेखमा रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा.केसीलाई सामान्य तारेखमा रिहा गर्न आदेश दिएको हो ।

इजलासले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पेश गर्न आदेश दिएको छ । सर्वोच्च अदालत आफैंले दायर गरेको निवेदनको पक्षमा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, उपेन्द्र न्यौपानेलगायतले बहस गरेका थिए ।

डा.केसीका तर्फबाट बरिष्ठ अधिवक्ता कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी, ओमप्रकाश अर्याललगायतले बहस गर्नुभएको थियो । दुवै पक्षको बहस सुनेपछि सर्वोच्च अदालतले डाक्टर केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा रिहा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्