Logo

चारा घोटलामा जेल परेका लालुले मालीको काम गर्ने

दैनिक ज्याला भारु ९३



काठमाडौं । चारा घोटामा साढे तीन वर्षको सजाय पाएका लालुप्रसाद यादवले मालीको काम गर्ने भएका छन्।  राँचीको बिरसा मुण्डा जेलमा लालुले उक्त काम गर्ने भएका हुन् । त्यसबापत उनले ९३ भारु पाउनेछन् । कुनै बेला बिहारका शक्तिशाली मुख्यमन्त्री रहेका लालुले दिनभर फूलमा पानी हाल्ने र गोडमेल गर्नेछन् ।

उनले जमानत पाउनुपर्ने माग राष्ट्रिय जनता दल ९राजद०ले गर्दै आएको छ। त्यसका लागि राजदले उच्च अदालत जाने बताएको छ।

तीन वर्षसम्मको सजाय सुनाइएको भए त्यसविरुद्ध विशेष अदालतमा पुनरावेदन गर्न पाइन्छ भने लाल्लाई साढे तीन वर्षको सजाय सुनाएकाले उच्च अदालत जानुको विकल्प छैन। चारा घोटामा सजाय सुनाइएपछि लालुले ट्विटमार्फत नरेन्द्र मोदीको सरकारमाथि दोष लगाएका थिए। उनले त्यहाँ एउटा पत्र पनि पोस्ट गरेका छन्। उनले भनेका छन्, ‘मैले तानाशाही सत्तालाई साथ दिइनँ, त्यसैले मेरा पछि विषालु तत्व लागिपरे र मलाई सजाय दिइयो।’

९ अर्ब ५० करोड भारतीय रुपैयाँको चारा घोटालामा फर्जी फार्म खडा गरी उनले भ्रष्टाचार गरेका थिए । यसअघि उनले चाइबासा कोषागार दाना घोटालामा सजाय पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्