वन डिभिजन कार्यालयकै कर्मचारीकाे मिलाेमताेमा ढुंगा तस्करी

वन डिभिजन कार्यालयकै कर्मचारीकाे मिलाेमताेमा ढुंगा तस्करी


रौतहट ।

राैतहटकाे बलेरी वनमा वन कर्मचारीकै मिलोमतोमा सयौं घनमिटर ढुङ्गा सङ्कलन गरिएको छ । वन कर्मचारीकै मिलोमतोमा सर्लाहीका मान्छेहरूको संलग्नतामा रौतहटको वनमा ढुङ्गा सङ्कलन गरी राखिएको हो ।

सब वन डिभिजन कार्यालय बलरी रौतहटका कर्मचारीको मिलोमतोमा जिल्लाको वन क्षेत्रमा वन क्षेत्रमा सयौं घनमिटर ढुंगा सङ्कलन गरेर राखिएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।

बलरी वन क्षेत्रअन्तर्गत पर्ने तोरीबारी जङ्गलभन्दा केही तल केही तल बागमती बगरमा करिब तीन सय ट्र्याक्टर ढुङ्गा सङ्कलन गरेर राखिएको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन्। सो वन हेर्ने बलरी सब वन डिभिजन कार्यालय का प्रमुख सहायक वन अधिकृत सहायक अनिल महत्त्वको मिलोमतोमा सो स्थानमा सो स्थानमा सर्लाहीका केही मान्छेहरूले ढुंगा संकलन गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । रौतहटतर्फ सङ्कलन गरिएको सोढुङ्गा वन कर्मचारी को मिलोमतोमा सर्लाहीतिर जान थालेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

बलरी वनमा पछिल्लो समय आएर वन कर्मचारीको मिलोमतोमा ढुङ्गा तथा काठ सर्लाहीका तस्करीले लाने गरेको स्थानीयको दाबी रहेको छ । रौतहटको बल्हरी वनमा विगत लामो समयदेखि सर्लाहीका काठ तस्करले वन कर्मचारीको मिलोमतोमा काठ चोरी गर्दै आएकोमा पछिल्लो समय आएर नदीजन्य पदार्थ ढुङ्गा तथा गिट्टी बालुवा सर्लाहीतिर लाग्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

तोरीबारीको जङ्गलभन्दा केही तल सङ्कलन गरी राखिएको सोढुङ्गा वनले जफत गरी नियमअनुसार लिलाम बडाबड प्रक्रिया अगाडि बढाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ । यता जिल्लाको बागमती सब वन डिभिजन कार्यालय मातहतको बागमती बगर तथा जङ्गलमा सङ्कलन गरी राखिएको ढुंगाको विषयमा स्थानीय बासिन्दाले सम्बन्धित निकायमा उजुरी दिएको भए पनि वन कार्यालयले अहिलेसम्म सो विषयमा कुनै चासो नदिएको पौराईका स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेको भनाइ रहेको छ ।

पछिल्लो समय बागमतीको बगर तथा रेलवे लिगको दायाँबायाँ सङ्कलन गरी राखिएको ढुंगाको विषयमा न त चन्द्रपुर नगरपालिकाले चासो दिएको छ । न त वन डिभिजन कार्यालय रौतहटले नै चासो दिएको छ ।

स्थानीयले बागमती र बलरीमा ढुंगा माफियाले वन कर्मचारीकै मिलोमतोमा सङ्कलन गरी राखेको ढुङ्गा तत्काल प्रक्रिया पुर्‍‍याएर लिलाम गर्नुपर्ने स्थानीयहरूको भनाई रहेको छ । बागमती सब वन डिभिजन कार्यालय का प्रमुख सुरेश महत्वले बागमती क्षेत्रमा संकलन गरिएको ढुङ्गा प्रक्रिया नपुर्याई आफूहरूले उठाउन नदिने बताउँदै आएका छन् ।