Logo

भोजपुरी फिल्म निरहुआ चलल लण्डनको ट्रेलर सार्वजानिक



काठमाडौं । नेपाली फिल्ममा एक्सन निर्देशकको रुपमा परिचित नाम चन्द्र पन्तले निर्देशन गरेको फिल्म निरहुआ चलल लण्डनको टिजर ट्रेलर नै रिलिज भएको छ ।  लण्डनबाट सुटिङ सकाएर नेपाल फर्केको फिल्म युनिटले आइतबार टिजर ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर एक्सनप्रधान छ । जहाँ भोजपुरी फिल्मका मेघा स्टार दिनेशलाल यादव निरहुआसँगै भोजपुरी फिल्मकी सुपरस्टार अभिनेत्रीमा आम्रपाली दुबे तथा नेपाली अभिनेता सविन श्रेष्ठ फिचरिङमा छन् ।

फिल्ममा निरहुआको विरुद्ध सविनले फाइट गरेका छन् । नेपाली फिल्मका नाम कहलिएका द्वन्द्व निर्देशक पन्तले निरहुआ चलल लण्डन नेपालमा ४० प्रतिशत खिचिएको बताए । फिल्मको ६० प्रतिशत छायाँकन लण्डनमा सम्पन्न भएको हो । ३ करोड बढि बजेटको भनिएको फिल्मलाई सोनु खत्रीले निर्माण गरेका हुन् भने मानकृष्ण महर्जनले क्यामेरा चलाएका छन् । फिल्म भोजपुरी बन्दा निर्देशक पन्तले अधिकांश प्राविधिक नेपाली रोजेका छन् । रामजी लामिछाने र कविराज गहतराजले यो फिल्ममा कोरियोग्राफी गरेका छन् ।

यो फिल्मलाई भोजपुरीको सर्वाधिक बजेटको दाबी गरिएको छ । लण्डन पुग्दा भिलेन बने सविन, भोजपुरी स्टारसँग कति जम्यो केमेष्ट्री ? लण्डन छायाँकनको अनुभव सुनाउँदै अभिनेता सविनले स्टार भइकन पनि निरहुआले सेटमा रहँदा काम प्रति देखाएको ‘डेडिकेसन’ले निकै प्रभावित भएको बताए । निर्देशक चन्द्र पन्तसहित फिल्मको टिम नेपाली रहेकोले पनि काम गर्न सजिलो भएको बताएका उनले रमाइलो मै सम्पुर्ण छायाँकन सकिएको पत्तो नभएको प्रतिक्रिया दिए । फिल्मको केहि हप्तामा ट्रेलर रिलिज गर्ने निर्माण टिमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्