Logo

बुटवलमा शितलले उचालिन खुमनलाई



बुटवल । पुष १५ शनिवार दिन तमु ल्होसार मनाउनेहरुको घुइचो । हुस्सुले ढाकेको बुटवल शनिवार एक्कासी खुल्यो । गुरुङ्ग गुरुङ्गसेनीहरु सहित मानिसहरु आफ्नौ मौलिक भेषभुषामा सज्यिएर बुटवल मण्डपमा छिर्दै थिए । त्यो भिडबाट एक्कासी एक जना गुरुङ्गको मौलिक ड्रेसमा एक जना युवती प्रबेश गरिन रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा बिहीवारदेखि जारी १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ मा ।

उनी थिइन कार्यक्रम प्रस्तोता अनि गायीका शितल शर्मा  । उनको मञ्चमा प्रबेश सगै सुरु भयो दर्शकको ताली अनि लोसार शुभकामना दिएर कार्यक्रमको सुरु गरिन शिलतले लोसार बिशेष कार्यक्रम अर्थात महोत्सवको सास्कृतिक कार्यक्रम । वज शितलले लोक गायक खुमन अधिकारी र राधिका हमाललाई मञ्च निम्ता मात्रै के दिएकी थिइन दर्शक उर्लेर पुगे मञ्च नजिकै अनि सुरु भो खुमन र राधिकाको प्रस्तुति । दुबैको प्रस्तुति सगै दर्शशकले हुटिङ्ग गर्न थाले भन्न थाले खै शितलकको पानी जहाज अनि समृद्ध नेपाल बनाउने गित । त्यसपछि गाउन थालिन शितल पानी जहाजको गित र भनी आफु त बुटवलको चेली …… 

प्रस्तुति सकेर हिडन लागेका खुमनलाई सञ्चारकर्मी शितलले बिभिन्न बहाना उचालेरै पुरा समय कार्यक्रम राखिन । दोहारो गित प्रतियोगीताको रमाइलो प्रतिस्प्रदा लोकदोहोरी प्रतिष्ठानका रुपन्देहीका अध्यक्ष दिपक गबुर्जा र प्रयिा भण्डारी बिधान कार्कीले पनि गित गाएका थिए भने अनि रोमा न्यौपाने नाचले महोत्सवलाई थप रमाइलो बनाएको थियो शिलतको कार्यक्रम प्रस्तुति अनि गित र खुमन अधिाकरी र राधिका हमालको जोडीको गितले बुटवलमा पहिलो् पटक साँझ ७ बजे सम्म हजारौ दर्शक बुटवल मण्डपका बसिरहे । कार्यक्रममा महोत्सवको सास्कृतिक समितिका संयोजक राजेन्द्र कार्की र दिनेशराज रेग्मीले इतिहास मै पहिलो पटक बुटवलमा यति रमाईलो भएको अनुभव सुनाइरहेका थिए ।

पुष १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको हालसम्म ४ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गरिसकेको प्रदर्शनी सचिवालयले जनाएको छ । प्रदर्शनी अवलोकन गर्न पाल्पा, अर्घाखाची, गुल्मी, दाङ, नवलपरासी, कपिलबस्तुसंगै छिमेकी राष्ट्र भारतबाट समेत अवलोकनकर्ताहरु आएका छन् । प्रदर्शनीमा हालसम्म ८ करोडको कारोवार भएको बताइएको छ ।प्रदर्शनीमा सहभागी स्टलधनीहरुका अनुृसार स्टलबाट राम्रो आर्थिक कारोवार भएको बताउछन् । स्टलबाट विषेशगरी खाद्यान्न, कपडा र घरायशी सामानहरुको बिक्रि बढी भएको छ । अवलोकनका क्रममा उत्पादनको बारेमा सोधपुछ गर्ने, गुणस्तरका बारेमा जानकारी लिने गरेको उनीहरुको भनाई रहेको छ ।

प्रदर्शनीमा उपभोक्ताहरुलाई अवलोकन गर्न सजिलो होस भन्दै एकै प्रकृतिका उत्पादनहरुको एकै पेभेलियन बनाएर स्टलहरु राखिएको छ । जस अनुसार कृषि, फुड तथा वेभरेज, कपडा, प्रविधि लगायतका १० वटा विभिन्न प्रकृतिका उत्पादनहरुको पेभेलियन बनाइएको छ । यसरी बनाउँदा उपभोक्ताहरुले एकै स्थानमा एकै प्रकारका विभिन्न कम्पनीका उत्पादनहरु किन्न र अवलोकन गर्न सुविधा भएको मुल आयोजक समितिका सह संयोजक गणेश अधिकारीले बताउनु भयो ।

यसैवीच प्रदर्शनी स्टलमा राखिएका उत्पादनको गुणस्तरका बारेमा आयोजक पक्षबाट अनुगमन गरिएको छ । आयोजक संस्थाको नीति र भावना विपरित स्टलमा राखिएका सामान हटाउने तथा मापदण्ड विपरित रहेका स्टलहरु खाली नै गरिएको रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले जनाउनु भयो । भण्डारीका अनुसार सहमति विपरित केही स्टलहरुमा भारतीय उत्पादन राखिएको भेटिएको हुदाँ हटाएको बताउनु भयो । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ नेपाल उद्योग परिसंघको सहकार्यमा रुपन्देही उद्योग संघको आयोजनामा सञ्चालित प्रदर्शनीमा बुधवार पर्यटन गोष्ठी भएको छ ।

प्रतिक्रिया दिनुहोस्