Logo

चलचित्र ह्याप्पी न्यू–इयर प्रदर्शन आज देखी



काठमाडौं । अस्ट्रेलियामा खिचिएको चलचित्र ‘ह्याप्पी न्यू–इयर’ शीर्षकअनुसार अंग्रेजी नयाँ वर्षमा आधारित छ । नयाँ वर्ष मनाउने मुड बनाएका दुई युवक र एक युवतीबीचको प्रेमकथा सँगै यो चलचित्र अघि बढ्छ । एउटा युवकले अस्ट्रेलियाको सिडनीमा बसोबास गर्ने एक युवतीलाई असाध्यै मन पराउँछ, तर भन्न सक्दैन ।

ती युवतीका लागि जहिले पनि सहयोग गर्न तत्पर उक्त युवक त्यतिबेला छक्क पर्छ, जब उसले थाहा पाउँछ कि ती युवतीलाई माया गर्ने अर्को युवक पनि छ । अनायसै तीनै जना एउटा भयंकर सडक दुर्घटनामा पर्छन् । दुर्घटनाले कथालाई अन्तैतिर मोडिदिन्छ । त्रिकोणात्मक प्रेमकथामा निर्मित चलचित्र ‘ह्याप्पी न्यू–इयर’का निर्देशक देवकुमार श्रेष्ठ हुन् ।

यो चलचित्रलाई अस्ट्रेलियन छायाँकार बेञ्जामिन ड्रेले खिचेका छन् । रती थापाद्वारा निर्मित चलचित्र ह्याप्पी न्यू–इयरका सम्पादन अर्जुन जिसीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्