Logo

साहित्यकार प्रेमा शाहको निधन, जल शाहलाई मातृशोक



काठमाडौं । साहित्यकार प्रेमा शाहको ७२ वर्षको उमेरमा निधन भएको छ। अमेरिकामा बसोबास गर्दै आएकी साहित्यकार शाहको उपचारको क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा निधन भएको हो।

प्रेमाका कथा संग्रहहरु पहेँलो गुलाब, विषयान्तर र उपन्यास मम्मी प्रकाशित छन् भने उनको संयुक्त लेखन रहेको कृति आकाश विभाजित छ पनि बजारमा चर्चित भएको थियो।

उनको लेखनमा यौन विद्रोह र मनोविज्ञान तथा नारी सञ्चेतना र विसंगत पक्षहरु प्रमुख रुपमा आएको हुन्छ। शाहले २०४५ सालको मैनाली कथा पुरस्कार समेत प्राप्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्