बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं।

आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो ।

शुक्रबार १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १९ हजार ३५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ १० रुपैयाँले घटेको छ ।

हिजो १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।