Logo

एमाले कार्यकर्ताहरुले बालकोटमा कांग्रेस नेताको घरमा तोडफोड गरेपछि तनाब



भक्तपुर । भक्तपुरको बालकोटमा मतदान केन्द्र नजिकै निजी घरमा तोडफोड र त्यसपछि झडप भएको छ। केही युवाहरुको समूहले रोजभिलेज हाउजिङमा रहेका कांग्रेस नेता विष्णु कार्की लगायतको घरमा तोडफोड गरेपछि झडप भएको थियो।

कार्की गत स्थानीय निर्वाचनमा मेयरमा पराजित भएका थिए। कार्कीलगायतको गरी आठनौ वटा घरमा तोडफोड भएपछि मतदान केन्द्रमा रहेका कांग्रेस कार्यकर्ताले तोडफोड गर्ने समूहलाई लखेटेर कुटपिट गरेका थिए। एमालेले कांग्रेसले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको आरोप लगाएको छ।

कांग्रेसले भने आफ्ना नेता र कार्यकर्ताको घरमा आएर एमाले कार्यकर्ताले तोडफोड गरेको आरोप लगाएको छ। झडपमा तीन जना घाइते भएका छन्। उनीहरुकोे ठिमी अस्पतालमा उपचार भईरहेको भक्तपुर प्रहरीले जनाएको छ। झडप भएको क्षेत्र एमाले अध्यक्ष केपी ओलीको घरभन्दा करिब एक किलोमिटर दुरीमा पर्छ।

घट्नामा संलग्न व्यक्तिहरु भक्तपुर क्षेत्र नं २ का  एमाले उम्मेद्वार महेश बस्नेत निकट भएको बताइन्छ । घट्नामा संलग्न मध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ । तर उनीहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । मतदान केन्द्रमा अहिले तनाव छ ।

प्रतिक्रिया दिनुहोस्